भीष्मपितामहः (पुंलिङ्ग)
अर्थ−
राजा शन्तनुद्वारा गङ्गाको गर्भबाट जन्माइएका आठौं वसुको अंश मानिएका पुरुष । यिनले पितालाई खुसी राख्न राज्य नलिने र विवाह नगर्ने भने डरलाग्दो प्रतिज्ञा गर्दा भीष्म भन्ने नाम र धृतराष्ट्र र पाण्डुका बाजे हुँदा पितामह भने मान पाएका हुन् । विश्वास दिलाउन आफ्नो लिङ्ग काटेको हुँदा भीष्म (डरलाग्दो काम गर्ने अर्थमा) नाम भएको हो भन्ने पनि छ । भनाइ छ-
“तथा भीष्मः शान्तनवो गङ्गायाममितद्युतिः ॥
वसुवीर्यात्समभवत्......... ॥”
(महाभारत, आदिपर्व ६३/९१)