भूमिका (स्त्रीलिङ्ग)
अर्थ−
१. कुनै ग्रन्थको उठानमा लेखिने त्यस्तो लेख, जसद्वारा त्यो ग्रन्थ हेर्ने तरिकासम्बन्धी ज्ञान हुन जान्छ,
२. त्यस्तो आधार जसमा कुनै अर्को वस्तु खडा गरिन्छ,
३. नाटक आदिमा कुनै पात्रको अभिनय,
४. वेदान्तअनुसार चित्तका पाँच अवस्थाहरू, जसका नाम यस प्रकार छन् - क्षिप्त, मूढ, विक्षिप्त, एकाग्र र निरुद्ध,
५. नाटक देखाउनेको पोसाक वा सिँगार,
६. भुइँ/पृथ्वी,
७. पाइला,
८. घरको खण्ड ।