संस्कृत-शब्दकोशः

भोगपात्र भोगबन्धकीय

भोगबन्धक

भोगबन्धकः (पुंलिङ्ग)


अर्थ−
धितो राखेर रुपैयाँ लिने तरीका । यसमा लिइएको रुपैयाँको ब्याज दिनु पर्दैन तर धितो राखिएको सम्पत्ति साहूलाई चलन गर्न दिइन्छ । अर्थात् धितो राखिएको घर जग्गा साहूले चलन गरी त्यसबाट आएको आम्दानी साहूले लिन पाउँछ । ऋणीले लिएको ऋण तिरेर मात्र धितो फिर्ता पाउँछ । ‘भोगबन्धकनामा’ - भोगबन्धकको सर्त लेखिएको कागज - ‘बन्धकीयपत्रम्’ (न.), मोगबन्धक लिने - ‘आधिग्राहकः’ (पुं.), भोगबन्धकको वा भोग बन्धक राखिएको - ‘भोगबन्धकीय’ (वि.), भोगबन्धक राखिएको वस्तुको बदलामा साहूलाई दिइने धन - ‘भोगवेतनम्’ (न.), भोगबन्धकमा राखिएको धितो - ‘भोगाधिः’ (पुं.), भोगबन्धकमा धितो राखिएको वस्तु वा रकम जुन कागजमा लेखिएको हुन्छ- ‘भोग्याधिः’ (पुं.) ।



Correction: