भ्रम (विशेषण)
अर्थ−
१. घुम्ने वा चक्कर खाने,
२. घुमफिर गर्ने ।
भ्रमः (पुंलिङ्ग)
अर्थ−
१. घुम्नु,
२. चारैतिर घुम्ने वस्तु,
३. मूर्छा / बेहोसी,
४. भुल्नु,
५. गडबडी/हैरानी,
६. कुनै एक कुरालाई अर्को कुरा सम्झनु/भूल/गल्ती,
७. कुमालेको भाँडा बनाउने चक्र,
८. जाँतोको फक्लेटा,
९. भूमरी,
१०. कुद्ने काम,
११. सुस्ती,
१२. योगमा हुने पाँचथरी विघ्नहरूमध्ये एक,
१३. सन्देह / संशय ।