संस्कृत-शब्दकोशः

मत्सरीकृता मत्स्यकीट

मत्स्य

मत्स्यः (पुंलिङ्ग)


निष्पत्ति− मदी (हर्षे) - "स्यन्" (उ० ४-२)
व्युत्पत्ति− माद्यति इति
प्रयोग− "नादेया मधुरा मत्स्याः गुरवो मारुतापहाः"
उल्लेख− सुश्रुत० सूत्र० ४६-११४

अर्थ−
१. मत्स्यावतार,
२. मीनराशि,
३. मत्स्यपुराण,
४. सुनौला रसको एक पत्थर, भनाइ छ जसको पूजा गर्दा मुक्ति पाइन्छ,
५. छप्पय छन्दको एक भेद,
६. मत्स्य देश,
७. अद्रिकाको गर्भबाट राजा उपरिचरले जन्माएको एक छोरो,
८. माछो/फोक्सो नहुनाले पानी बाहिर बाँच्न नसक्ने, समुद्र, नदी, पोखरी आदिमा बस्ने, फुलबाट बच्चा पैदा हुने प्रसिद्ध जलजन्तु । यसका अनन्त जाति छन् र संसारका प्राणीहरूमध्ये सबैभन्दा ठुलो र सबैभन्दा सानो यही प्राणी मानिन्छ । यी राता, सेता, हरिया, सुनौला आदि विभिन्न रङ र विभित्र छाँटका हुन्छन् । माछो कत्ले - ‘सशल्कः’ (पुं.), माछो कौवा नामको- ‘जलष्यथः’ (पुं.), माछो भोटी - ‘गरघ्नी’ (स्त्री.), माछो रोहु - ‘रोहितः’ (पुं.), माछो गुटुना - ‘शफरी’ (स्त्री.), माछो सिङ्गे - ‘शृङ्गी’ (स्त्री.), माछो मगुरी - ‘मद्गुरः’ (पुं.), माछो सहर - ‘मासल्कः’ (पुं.), माछो बरारी - ‘पाठीनः’ (पुं.), माछो कछुवाको आकारको - ‘सकुलः’ (पुं.), माछो पुच्छरले हान्ने (सकुची माछो) - ‘असिपुच्छः’ (पुं.), माछो सुनौला रङको - ‘गडः’ (पुं.), माछो बाक्लो थुतुनो हुने - ‘चक्रतुण्डः’ (पुं.),माछो राख्ने टोकरी - ‘धीवरी’ (स्त्री.),माछाको काँडो- ‘सकलः’ (पुं.), माछाको पोथी - ‘मत्स्यी’ (स्त्री.), माछाको फूल - ‘मत्स्यण्डम्’ (न.), माछा झार हुने ठाउँको - ‘नलमीनः’ (पुं.), माछा सानो जातको वा माछाको भुरा - ‘पोताधानम्’ (न.), माछा छोप्ने जाल - ‘आनायः’ (पुं.), माछा सुकाएको- ‘सिध्मला’ (स्त्री.), माछा सौरा - ‘शालमत्स्यः’‘/शष्कुलीमत्स्यः’ (पुं.), माछा मार्नु वा छोप्नु - ‘मत्स्यानां ग्रहणम्’ (न.), माछा बस्ने ठाउँ - ‘मत्स्याश्रयः’ (पुं.), माछाको हुल- ‘मत्स्यसङ्कुलः’ (पुं.) ।

“तयोः प्रभां संजहार राजोपरिचरस्तदा ॥
स मत्स्यो नाम राजासीत् ......... ॥”

(महभारत, आदिपर्व)



Correction: