मधुपर्कः (पुंलिङ्ग)
अर्थ−
पूजा गर्दा देवतालाई चढाउन गाईको घिउ, दही तथा मह मिसाएर बनाएको एक चिज । प्राचीनकालमा निम्न लिखित व्यक्तिहरूलाई मधुपर्कद्वारा स्वागत गरिन्थ्यो - स्नातक, आचार्य, राजा, मित्र, जुवाइँ (ससुरा, काका, मामा आदिसमेत) यज्ञमा वरण गरिएका ऋत्विकहरू । भनाइ छ-
“प्रतिसंवत्सरं त्वार्घ्याः स्नातकाचार्यपार्थिवाः ॥
प्रियो विवाह्यश्च तथा यज्ञं प्रत्यृत्विजः पुनः ॥”
(याज्ञवल्क्यस्मृति) । मधुपर्क बनाउँदा घिउ र मह एक एक भाग, दही तीन भाग मिसाउनु पर्छ ।
“आज्यमेकपलं ग्राह्यं दध्नस्त्रिपलमेव च ॥
मधुनः पलमेकन्तु मधुपर्कः स उच्यते ॥”