संस्कृत-शब्दकोशः

मध्यमस्थ मध्यमा

मध्यमस्वर

मध्यमस्वरः (पुंलिङ्ग)


अर्थ−
सङ्गीतका सात स्वरहरूमध्येको चौथो स्वर । यसको उत्पत्ति भुवर्लोकबाट भएको मानिन्छ । मध्यमस्वरले गन्धर्व तृप्त हुन्छन् । यसको वर्ण कुन्द पुष्पझैँ सेतो छ, यसको जात ब्राह्मण हो । मध्यम स्वरले न्याउली चरो बास्छ । यो हृदयबाट प्रकट हुन्छ । नाभिबाट उठेको वायु ऊरु तथा हृदयमा टकराएर नाभिमा आई मध्यमवर्ती हुन्छ । यसैले यहाँबाट निस्केको स्वरलाई मध्यम स्वर भनिन्छ । यसको स्वरगान विष्णुद्वारा सुरु गरिएको हो । यसको स्थान कण्ठ हो । आवाज सङ्केत ‘म’ यस्तो हुन्छ । यसमा कुनै चिह्न रहँदैन, अतः यसलाई शुद्ध मध्यम भनिन्छ । तर यसलाई कोमल स्वरका रूपमा पनि लिइएको छ । शुद्ध मध्यमको माथि धर्को राखिंदा ‘म’ यस्तो तीव्रमध्यम बन्न जान्छ ।



Correction: