मनः (नपुंसकलिङ्ग)
अर्थ−
१. मानसरोवर,
२. फुर्ति/उत्साह,
३. प्राकृतिक स्वभाव । बानी,
४. भावना,
५. इच्छा / कामना / अभिलाषा,
६. मनसुवा,
७. ख्याल/विचार,
८. मन प्राणीहरूमा रहने त्यो शक्ति हो जसबाट अनुभव, सङ्कल्प, विकल्प, इच्छा आदि प्रकट हुन्छन् । न्यायमा मनलाई एक द्रव्य तथा आत्मा या जीवबाट फरक मानिएको छ । वैशेषिक दर्शनमा मनलाई एक अप्रत्यक्ष द्रव्य मानिएको छ । सङ्ख्या, परिणाम, पृथक्त्व, संयोग, विभाग, परत्व, अपरत्व र संस्कार आदि मनका गुण हुन् तथा मन अणुरूप छ भन्ने छ । योगशास्त्रमा मनलाई इन्द्रियहरूको मालिक भनिएको छ । जब अन्तःकरणले यो गरुला वा त्यो गरूँला भन्ने इत्यादि अनेक कुराको चिन्तन गर्छ, तब त्यो मन कहलाउँछ । मन हृदयभन्दा माथि रहेको हुन्छ । मनका विकार दोष तीन छन् परद्रव्याभिलाषा, परानिष्टचिन्तन र दुराग्रह । भनाइ छ-
“यदा तु सङ्कल्पविकल्पकृत्यं तदा भवेत् तन्मन इत्यभिख्यम् ॥
(देवीभागवत देवीगीता) ।
“परद्रव्येष्वभिध्यानं परानिष्टानुचिन्तनम् ॥
वितथाभिनिवेशश्च मानसं त्रिविधं स्मृतम् ॥”