संस्कृत-शब्दकोशः

मनीषी मनुग

मनु

मनुः (पुंलिङ्ग)


अर्थ−
१. कपूरपत्ति,
२. मन,
३. विष्णु,
४. जैनीहरूको एक जिन,
५. कृष्णाश्वको एक छोरो,
६. मन्त्र,
७. ब्रह्मा,
८. एकरुद्र,
९. चौधको सङ्ख्यालाई जनाउने,
१०. महाभारतअनुसार विवस्वान् नामका सूर्यका सातौं छोरा वैवस्वत मनु (यमराजका दाजु हुन्) यिनैबाट सूर्यवंश तथा ब्राह्मण, क्षत्रिय आदि मानिस जन्मे । यसैले ब्राह्मणको क्षत्रियसँग सम्बन्ध हुन गयो । यिनका दश छोराहरू भए - वेणु, धृष्णु, नरिष्यन्त, नाभाग, इक्ष्वाकु, कारुष, शर्याति, इला (सुद्युम्न), पृषध्र र नाभागारिष्ट यी बाहेक अरू ५० छोराहरू थिए । यिनीहरू आपसमा लडेर खत्तम हुन गए । भनाइ छ-

“मार्तण्डस्य मनुर्धीमानजायत सुतः प्रभुः ॥
यमश्चापि सुतो जज्ञे ख्यातस्तस्यानुजः प्रभुः ॥
...... वेणुं धृष्णुं नरिष्यन्तं नाभागेक्ष्वाकुमेव च ॥
कारूषमथ शर्याति तथा चैवाष्टमीमिलाम् ॥
पृषध्रं नवमं प्राहुः क्षत्रधर्मपरायणम् ॥
नाभागरिष्टदशमान् मनोः पुत्रान् प्रचक्षते ॥
(महाभात, आदिपर्व) १. पुराणअनुसार चौध मनु (यी मध्ये पहिलो स्वायम्भुवमनु जसलाई मानव जातिको मूल पुरुष तथा ब्रह्माको मानस पुत्र मानिन्छ), का नाम यस प्रकार छन् - स्वायम्भुव, स्वारोचिष, औत्तमि, तामस, रैवत, चाक्षुष, वैवस्वत, सावर्णि, दक्षसावर्णि, ब्रह्मसावर्णि, धर्मसावर्णि, रुद्रसावर्णि, रौच्यसावर्णि (देवसावर्णि) र भौत्यसावर्णि । यी अलग अलग मनुहरूको पालोमा सप्तर्षि देवता र मनुपुत्रहरू अलग-अलग छन्-

“मनुः स्वायम्भुवो नाम मनुः स्वारोचिषस्तथा ॥
औत्तमिस्तामसिश्चैव रैवतश्चाक्षुषस्तथा ॥
एते तु मनवोऽतीताः सप्तमस्तु रवेःसुतः ॥
वैवस्वतोऽयं यस्यैतत्सप्तमो वर्तते युगम् ॥
सावर्णिर्दक्षसावर्णिब्रह्मसावर्णिरित्यपि ॥
धर्मसावर्णी रुद्रस्तु सावर्णो रौच्यभौत्यवान् ॥”

(विष्णुपुराण) ।


मनुः (स्त्रीलिङ्ग)


अर्थ−
मनुकी पत्नी ।


हेरौँ- मन् धातु



Correction: