मन्त्रचैतन्यम् (नपुंसकलिङ्ग)
अर्थ−
मन्त्रको प्रबोध अवस्था, मन्त्रको चैतन्य, सहस्राररूप शिवपुरमा चारै वेदरूप चार शाखाहरूले युक्त पहेँलो, रातो, सेतो, कालो र हरियो रङका फूलहरूले ढाकिएको, भमराहरू र कोइलीहरूले आवाज गरिएको, अनेक फूलहरूले सिङारिएको, राम्रो कल्पवृक्ष र त्यसको तल्लो भागमा रत्नवेदिका, त्यस वेदिमाथि पुष्पशय्याले युक्त राम्रो सुनको पलङको ध्यान गरी महादेव महाकुण्डलिनीयुक्त त्रिवर्ग दिने इष्टदेवीको चिन्तन गर्दै इष्टमन्त्रको जप गर्नुपर्दछ । यसरी जप गर्दागर्दै आनन्दाश्रु झर्न लाग्छ, रोमाञ्च र देहावेश हुन जान्छ । यसैलाई मन्त्रचैतन्य भनिन्छ । भनाइ छ-
“चैतन्यं सर्वमन्त्राणां शृणुष्व कमलानने ॥
सहस्त्रारं शिवपुरं कल्पवृक्षमनोहरम् ॥
चतुःशाखं चतुर्वेदं नित्यपुष्पफलान्वितम् ॥
पीतं रक्तं तथा श्वेतं कृष्णञ्च हरितं तथा ॥
भ्रमरैः कोकिलैर्देवि ! बहुपुष्पोपशोभितम् ॥
एवं कल्पद्रुमं ध्यात्वा तदधो रत्नवेदिकाम् ॥
तत्रोपरि महेशानि पर्यङ्कं सुमनोहरम् ॥
नानापुष्पसंयुतं च रचितं हेममालया ॥
तत्रोपरि महादेवं महाकुण्डलिनीयुतम् ॥
विभाव्यैवं जपेन्यत्रं ध्यात्वा देवीं त्रिवर्गदाम् ॥
आनन्दाश्रूणि पुलको देहावेशः सुरेश्वरि ॥
इत्येतत्कथितं देवि मन्त्रचैतन्यमुत्तमम् ॥”
(शाक्तानन्दतरङ्गिणी) ।