मन्दारः (पुंलिङ्ग)
अर्थ−
१. इन्द्रको (स्वर्गको) बगैँचाका पाँच रूखमध्ये एक,
२. फलेदो,
३. बाह्रमासे आँक,
४. स्वर्ग,
५. हात्ती,
६. धतुरो,
७. हात,
८. मन्दराचल पर्वत,
९. हिरण्यकशिपुको एक छोरा,
१०. विन्ध्यपर्वतको किनारको एक तीर्थ ।
मन्दारम् (नपुंसकलिङ्ग)
अर्थ−
रूखको आकारको मूगा ।