मरीचिः (पुंलिङ्ग)
अर्थ−
१. ब्रह्माको एक मानसपुत्र, जसलाई प्रजापति हरूमध्ये एक मानिन्छ,
२. सप्तर्षिमध्ये एक ऋषि,
३. कन्जुस मानिस,
४. कृष्ण,
५. एक मरुत्,
६. इन्द्रको एक छोरो,
७. एक दैत्य,
८. प्राचीन एक राजा ।
मरीचिः (पुंलिङ्ग/स्त्रीलिङ्ग)
अर्थ−
१.किरण,
२. प्रकाशको अणु,
३. मृगतृष्णा,
४. छवंशी बराबरको तौल, जुन बालुवा भएको भुईँमा धुलोको मसिना कण सूर्यकिरणले खिचिँदा देखा पर्न जान्छ ।