मर्म (नपुंसकलिङ्ग)
अर्थ−
१. गुप्त कुरा,
२. शरीरको नाजुक ठाउँमा चोट पर्दाझैन् कष्ट हुनु,
३. हाड जोडिने ठाउँ,
४. शरीरको त्यो ठाउँ, जसमा चोट लाग्दा साह्रै दुख्ने वा प्राण जाने हुन्छ । शरीरका त्यस्ता ठाउँ १०७ छन् जसमध्ये मासुमा ११, हाडको जोड्नी बाँध्ने नसामा ४१, हाँड बाँध्ने वा शरीरमा रगत पुराउने नसाहरू २७, हाडमा ८, हाडको जोर्नीमा २० । भनाइ छ- ‘न कञ्चिन्मर्मणि स्पृशेत्’ (याज्ञवल्क्यस्मृति) सप्तोत्तरं मर्मशतम् (याज्ञवल्क्यस्मृति) । ‘मर्माणि जीवा धाराणि प्रायेण मुनयो जगुः’ (शार्ङ्गधरसंहिता) । (मर्मन्) ।