महर्षिः (पुंलिङ्ग)
अर्थ−
ब्रह्माका मानसपुत्रका रूपमा स्वयं उत्पन्न ऐश्वर्यवान् अवस्थालाई ‘महर्षि’ भनिन्छ । अपरिमेय र सर्वत्र व्याप्त भएर पनि सामुन्ने रहनेलाई ‘महान्’ भनिन्छ । जब बुद्धिभन्दा माथि पुगेका (भगवत्त्वप्राप्त) विज्ञजन गुणद्वारा ती महान् परमेश्वरलाई हर किमिसले प्राप्त गर्न सक्छन् तब ‘महर्षि’ कहलाउँछन् । पुराणअनुसार महर्षिहरू दश छन् -भृगु, मरीचि, अत्रि, अङ्गिरा, पुलह, क्रतु, मनु, दक्ष, वसिष्ठ र पुलस्त्य । यी सबै ब्रह्माका मनबाट स्वयं उत्पन्न ऐश्वर्यवान् पुरुष हुन् । अर्थात् ब्रह्मा स्वयं ऋषि रूपमा प्रकट भएकाले ‘महर्षि’ हुन गएका हुन् । भनाइ छ-
“ईश्वराःस्वयमुद्भूता मानसा ब्रह्मणः सुताः ॥
यस्मान्न हन्यते मानैर्महान्परिगतः पुरः ॥
यस्मादृषन्ति ये धीरा महान्तं सर्वतो गुणैः ॥
तस्मान्पहर्षयः प्रोक्ता बुद्धेः परमदर्शिनः ॥
भुगुर्मरीचिरत्रिश्च अङ्गिराःपुलहः क्रतुः ॥
मनुर्दक्षो वसिष्ठश्च पुलस्त्यश्चेति ते दश ॥
ब्रह्मणो मानसा ह्येते उद्भताः स्वयमीश्वराः ॥
प्रवर्तते ऋषिभ्यो यन्महाँस्तस्मान्महर्षयः ॥”
(वायुपुराण) ।