महामुद्रा (स्त्रीलिङ्ग)
अर्थ−
१. बायाँ खुट्टाको गोलीगाँठोले गुदद्वारमा खुब थिचेर दाहिने गोडा पसारी हातले दाहिने गोडाको औँला समातेर घाँटी खुम्चाई दुई आँखा बीचमा हेर्दा हुन जाने हठक्रियाको महामुद्रा आसनविशेष । भनाइ छ-
“पायुमूलं वामगुल्फे सम्पीड्य दृढयत्नतः ॥
याम्यपादं प्रसार्याथ करे धृतपदाङ्गुलः ॥
कण्ठसङ्कोचनं कृत्वा ध्रुवोर्मध्ये निरीक्षयेत् ॥
महामुद्राभिधा मुद्रा कथ्यते चैव सूरिभिः ॥
(घेरण्डसंहिता) । २. एक ठुलो सङ्ख्याको नामविशेष,
३. योनि / भग ।