महायानम् (नपुंसकलिङ्ग)
अर्थ−
१. एक विद्याधर,
२. अश्वघोष नामका सर्वास्तिवादी बौद्धाचार्यले चलाएको बुद्धधर्मसम्बन्धी एक मत जसबाट तान्त्रिक वज्रयान, मन्त्र, तन्त्र, कण्हापा आदि ८४ सिद्धहरूको सिर्जना हुन गयो (कह्णापा मच्छिन्द्रनाथकै नाम हो । हे० वज्रयानम्) महायानलाई- एकयान, अग्रयान, बोधिसत्त्वयान र बुद्धयान पनि भनिन्छ जसको लक्ष्य सबै प्राणीहरूको उद्धारका लागि बुद्धत्व प्राप्ति छ । हे० बुद्धः ।