महेन्द्राचलः (पुंलिङ्ग)
अर्थ−
भारतका सात कुल पर्वतहरूमध्येको एक यसका दुई भेद छन् - १. वाल्मीकिरामायणमा - महेन्द्रगिरि पश्चिमघाटमा छ, जहाँबाट उफ्रेर हनुमान् लङ्का गए,
२. पुराणमाअर्को महेन्द्रगिरि पूर्वीघाटको उत्तरमा छ । यो उडीसाको गञ्जाम जिल्लामा पर्ने महानदी र गोदावरीको बीचमा छ । यो पशुरामको वासस्थान हो यहाँबाट ऋषिकुल्या (रासकोइल) नामको नदी दक्षिण - पूर्वबाट बग्दै सोन नदीमा मिलेको छ । यसलाई महेन्द्रगिरि र महेन्द्रमाली पनि भन्दछन् । भनाइ छ- ‘त्रिसामा ऋषिकुल्याद्या महेन्द्रप्रभवाःस्मृताः’ (विष्णुपुराण) ।