मातृकान्यासमुद्रा (स्त्रीलिङ्ग)
अर्थ−
शरीरको अङ्गअङ्गमा मन्त्रहरू स्थापना गरिने मुद्रा । यसमा माझी र साहिँली औँलाले निधार, औँठो र साहिँली औँलाले आँखा, हातले टाउको तथा ओठ, माझी औँलाले कोखा, औँठाले कान, कान्छी औँला र औँठाले नाकको प्वाल, चोरी माझी र साहिँली औँलाले मुख तथा गाला, साहिँली औँलाले दाँत तथा जिभ्रो, कान्छी र साहिँली औँलाले पीठ, औँठो माझी साहिँली र कान्छी औँलाले नाइटो तथा पेट, हत्केलाले हृदय छोइँदा मातृकान्यास मुद्रा हुन्छ । भनाइ छ-
“मध्यानामे स्मृतौ भाले वृद्धानामे च चक्षुषोः ॥
शीर्षोष्ठकरपत्सन्धिपार्श्वेषु मध्यमा मता ॥
वृद्धा श्रवणयोरुक्ता सा कनिष्ठान्विता नसोः ॥
गण्डास्ये मध्यगास्तिस्रोऽनामिका दन्तजिह्वयोः ॥
पृष्ठे तिस्त्रः कनिष्ठाद्या नाभौ वृद्धान्वितास्तथा ॥
जठरे कथिताः सर्वास्तलमुक्तं हृदादिषु ॥”
(मुद्राप्रकाश) ।