मानसरोवरः (पुंलिङ्ग)
अर्थ−
१. हठयोगअनुसार शरीरभित्रको अमृतकुण्डमानिने शून्य स्थान,
२. नेपालको उत्तर पश्चिममा पर्ने एक प्रसिद्ध विशाल दह,जसको उत्पत्ति ब्रह्माको मानसिक कल्पनाबाट भएको (पुराणमा) मानिन्छ । यो हिमालयको उत्तरमा तिब्बत प्रान्तमा पर्छ । यहाँ सतीदेवीको दाहिने हत्केलो झरेकोले यो शक्तिका ५१ पीठमध्ये एक कुमुदा नामको पीठ हो । यसको आकार गोलो वा अण्डाकार छ, तथा २२ माइलको छ भन्ने अनुमान गरिएको छ । यहाँबाट ब्रह्मपुत्र नदी, सरयूनदी र अरू पनि नदीहरू निस्केका छन् । यहाँ रजहाँस र अरू पनि लामागोडा हुने हाँसहरू रहन्छन् तर कमल छैन, एक जातको सेवार भने छ । यसैको पश्चिमतिर राक्षसताल पर्छ । वाल्मीकि रामायणअनुसार ब्रह्माको मनबाट यो मानसरोवर बनेको हो । भनाइ छ- ‘ब्रह्मणा नरशार्दूल ! तेनेदं मानसं सरः’ (वाल्मीकिरामायण), मानसरोवरमा जान उत्सुक - ‘मानसोत्क’ (वि.) ।
मानसरोवरः (पुंलिङ्ग)
अर्थ−
मानसरोवर ।