मानी (स्त्रीलिङ्ग)
अर्थ−
१. घडा/गाग्रो,
२. काँजो,
३. जाँतोको तल्लो फक्लेटोमा रहने काठ, बाँस वा फलामको कीलो,
४. कोदालो, बन्चरो आदि हतियारको बिँड हाल्ने प्वाल,
५. कुनै वस्तुमा बनाएको प्वाल जसमा कुनै वस्तु राखिन्छ,
६. सोह्र सेरबराबरको नाप,
७. आठ पलबराबरको जल नापिने प्राचीनकालको पात्रविशेष ।