मासः (पुंलिङ्ग)
अर्थ−
१. महिना,
२. बाह्रको सङ्ख्या ।
मांसम् (नपुंसकलिङ्ग)
निष्पत्ति− मन (ज्ञाने) - "सः" दीर्घश्च (उ० ३-६४)
व्युत्पत्ति− मन्यते इति
प्रयोग−
१)"उत्पक्वस्रंसि मांसं प्रचलदुभयतः सन्धिनिर्मुक्तमारात्"
२) "मांसभक्षयिताऽमुत्र यस्य मांसमिहाह्म्यहम् । एतन्मांसस्य मांसत्वं प्रवदन्ति मनीषिणः ॥"
उल्लेख− मालती० ५-१७, मनु० ५-५५
अर्थ−
१. माछा,
२. फलको गुदी,
३. मासु/जन्तु या प्राणीभित्र हुने नरम तथा चाम्रो रातो रङ्गको वस्तु ।
काँचो मासु- ‘क्रव्यम्’ (न.)
मासु खवैया - ‘शौष्कलः’ (पुं.),
मासु खाने पशु - ‘व्याडः’ (पुं.),
चराको मासु - ‘शाकुनम्’ (न.),
चित्तलको मासु- ‘पार्षतम्’ (न.),
खरायोको मासु - ‘शाशम्’ (न.),
बँदेलको मासु- ‘बाराहम्’ (न.),
बराँठको मासु- ‘ऐणम्’ (न.),
बोकाको मासु - ‘छागम्’ (न.),
भेडाको मासु -‘औरभ्रम्’ (न.),
सारसको मासु - ‘रौरवम्’ (न.),
मासु नभएको- ‘निर्मांसम्’ (वि.),
मासु बेचेर जीविका गर्ने मान्छे - ‘मांसिकः’ (पुं.),
मासुको कवाव - ‘तक्रमांसम्’ (न.),
मासु सुकाएको- ‘बल्लूरम्’ (न.),
मासु सेकेको - ‘शूल्यमांसम्’ (न.),
मासुको थुप्रो - ‘पलालिः’ (पुं.),
मासुको सुरुवा वा रस - ‘पांसरसम्’ (न.),
मासु बेच्ने वर्णसङ्कर जाति (कसाई) ‘मांसः’ (पुं.),
विषालु काँडले मारिएको पशुको मासु - ‘गृञ्जनम्’ (न.),
मासुभात - ‘पिशितौदनम्’ (न.) ‘सवान्धवः सहामात्यचाश्नामि पिशितौदनम्’ (महाभारत, उद्योगपर्व.),
मासुको बरी/ मासु पिनेर मसला आदि हालेर पकाएर बनाएको लड्डु जस्तो- ‘मांसवटी’ (स्त्री.),
मासुको चोक्टा वा टुक्रा - ‘शार्ककः’ (पुं.) ।
मांसः (पुंलिङ्ग)
अर्थ−
कीरा,मासु,बेच्ने वर्णसङ्कर जाती /कसाइ