मित्रः (पुंलिङ्ग)
अर्थ−
१. सूर्य,
२. बाह्रआदित्यहरूमध्ये प्रथम देवता, जसलाई सूर्यमण्डलमा रहेको मूर्तिभेद भनिन्छ । (वाल्मीकिरामायण, उत्तरकाण्ड, श्लो.टी.),
३. मरुद्गणहरूमध्ये पहिलो मरुद्गण,
४. भारतको प्राचीन एक प्रदेशविशेष,
५. वसिष्ठको एक छोरा,
६. उत्तिस,
७. एक देवताविशेष ।
मित्रम् (नपुंसकलिङ्ग)
अर्थ−
१. मीत, त्यस्तो व्यक्ति जसले साथीको सुखदुःखमा समान रूपले सहयोग गर्छ । वाल्मीकि रामायणअनुसार मित्र दुईथरी हुन्छन् आफ्नो मित्रको अर्थसाधनमा लाग्ने र सत्यधर्ममा अटल रहने । भनाइ छ-
“मित्रं ह्यर्थगुणश्रेष्ठं सत्यधर्मपरायणम् ॥
तद्द्वयं तु परित्यक्तं न तु धर्मे व्यवस्थितम् ॥”
(वाल्मीकिरामायण, किष्किन्धाकाण्ड) । २. महाभारतअनुसार मित्र चारथरी हुन्छन्- सहजमित्र (स्वाभाविक विचारको मित्र), सन्धिमित्र (सन्धि गरी बनाइएको मित्र), धनमित्र (धन दिएर बनाइएको मित्र) र प्रतापमित्र (अर्काको प्रताप देखेर बनेको मित्र) । भनाइ छ-
“वदन्ति मित्रं सहजं विचक्षणास्तथैव साम्ना च धनेन चार्जितम् ॥
प्रतापतश्चोपनतं चतुर्विधं तदस्ति सर्व तव पाण्डवेषु ॥”
मित्रको लडाई - ‘मैत्रेयिका’ (स्त्री.), मित्र बनाउने ‘मित्रयुः’ (वि.) ।