संस्कृत-शब्दकोशः

मूर्च्छन मूर्च्छा

मूर्च्छना

मूर्च्छना (स्त्रीलिङ्ग)


निष्पत्ति− मूर्छ्रा (मोहसमुच्छ्राययोः) - "युच्" (३-३-१२८)
प्रयोग− "स्फुटीभवद्ग्रामविशेषमूर्छनामवेक्षमाणं महतीं मुहुर्मुहुः"
उल्लेख− माघ० १-१०
विस्तार− "स्वरः सम्मूर्छितो यत्र रागतां प्रतिपद्यते । मूर्छनामिति तामाहुः कवयो ग्रामसम्भवाम् ॥" - सा० द०

अर्थ−
सङ्गीतमा सात स्वरको आरोह अवरोहको क्रम । सप्तकका सात स्वरअनुसार प्रत्येक ग्राममा सात सात गरी जम्मा २१ मूर्च्छना हुन्छन् । देवता, पितृ र ऋषिहरूका सात-सात मूर्च्छना छन् । देवताको ७ मूर्च्छना - नन्दी, विशाला, सुमुखी, चित्रा, चित्रवती, सुखा र बला । पितृका ७ मूर्च्छना आप्यायनी, विश्वभृता, चन्द्रा, हेमा, कपर्दिनी, भैमी, बार्हती । ऋषिहरूका सात मूर्च्छना - (षड्जस्वरमा) उत्तरमन्द्रा, (ऋषभमा) अभिरूढता वा अभिरुगता, (गान्धारमा) अश्वक्रान्ता, (मध्यमस्वरमा) सौवीरा, (पञ्चमस्वरमा) ऋषीका, (धैवतमा) उत्तरायता, (निषादमा) रजकी । उपर्युक्त ऋषिहरूका सात मूर्च्छनालाई लौकिक मानिएको छ ।



Correction: