मैनाकः (पुंलिङ्ग)
अर्थ−
१. कैलासको उत्तरमा रहेको एक पर्वत,
२. वाल्मीकि रामायणअनुसार दक्षिण समुद्रभित्रको एक पर्वत । यो सुन झैँ पहेँलो छ, जसले लङ्का जान लाग्दा हनुमानको स्वागत गरेको थियो । यो हिमालय र मेनाको छोरो मानिन्छ । (शब्दार्थ कौस्तुभमा यसलाई ‘सिवाल’ पर्वतको नामान्तर भनी लेखिएको छ),
३. भारतको चट्टग्रामनिरको पहाड,
४, ‘मैनाकप्रभवः’ भन्ने शोण नदको नाम हुँदा त्यसको उद्गम स्थल भएको पर्वत । यसरी मैनाक पर्वत चार वटा भएको देखिन्छ । ‘अस्त्युत्तरेण कैलासं मैनाकं पर्वतं प्रति’ (महाभारत, भीष्मपर्व) ।”हिरण्यगर्भो मैनाको निशम्य लवणाम्भसः ।। उत्पपात जलात्तूर्णं महाद्रुमलतावृतः ।। स सागरजलं भित्वा बभूवात्युच्छ्रितस्तदा ।।” (वाल्मीकिरामायण, सुन्दरकाण्ड) । ‘ गुप्तपक्षः समग्रश्च तव पित्राभिरक्षितः ।’