यज्ञसंस्था (स्त्रीलिङ्ग)
अर्थ−
यज्ञको आकार । यज्ञका तीन मुख्य संस्था- हविर्यज्ञसंस्था, सोमयज्ञसंस्था र पाकयज्ञसंस्था । ‘हविर्यज्ञसंस्था’- यस अन्तर्गत मुख्य सात यज्ञ पर्दछन् । १. अग्नन्याधेय,
२. अग्निहोत्र,
३. दर्शपौर्णमास,
४. आग्रायण,
५. चातुर्मास्य,
६. निरूढपशुबन्ध,
७ सौत्रामणी । ‘सोमयज्ञसंस्था’- यस अन्तर्गत १. अग्निष्टोम,
२. अत्यग्निष्टोम,
३. उक्थ्य,
४. षोडशी,
५. वाजपेय,
६. अतिरात्र,
७. आप्तोर्याम । ‘पाकयज्ञसंस्था’- यस अन्तर्गत १. हुत,
२. आहुत,
३. प्रहुत,
४. शूलगव,
५ बलीहरण,
६. प्रत्यवरोहण र ७. अष्टका पर्दछन् । यिनै सात भेदलाई अष्टका, पार्वण, आभ्युदयिकश्राद्ध, श्रावणी, आग्रहायणी, चैत्री र आश्वयुजी पनि भनिन्छ ।