संस्कृत-शब्दकोशः

युग्मफलिनी युग्मविपुला

युग्मवाक्य

युग्मवाक्यम् (नपुंसकलिङ्ग)


अर्थ−
धर्मशास्त्र वा ज्योतिषशास्त्रअनुसार बढेको तिथि वा केही घडीपला अघिल्लो तिथिमा र केही घडीपला पछिल्लो तिथिमा हुन जाँदा व्रत पूजादि गर्न तिथि तोक्ने वाक्य, जसमा कर्म गर्न तोकिएको अघिल्लो तिथिमा पछिल्लो तिथिको घडी पलाले छोए सूर्योदय व्यापिनी तिथि लिनु पर्छ र कर्म गर्न तोकिएको पछिल्लो तिथिमा अघिल्लो तिथिको घडी-पला रहन गए सूर्यास्तव्यापिनी तिथि लिनुपर्छ । ‘युग्मतिथि सात छन्’ - द्वितीया र तृतीया (एक युग्मतिथि), चतुर्थी र पञ्चमी, षष्ठी र सप्तमी, अष्टमी र नवमी, एकादशी र द्वादशी, चतुर्दशी र पूर्णिमा, प्रतिपदा र औँसी । यी सात युग्मतिथि हुन् । तर यो साधारण नियम हो । नवरात्रादिविशेष तोकिएको तिथिमा गरिने कर्म भने विशेष वचनबाट गर्नुपर्छ ।

“युग्मानि युग्मभूतानां षण्मुन्योर्वसुरन्ध्रयोः ।। रुद्रेण द्वादशी युक्ता, चतुर्दश्या च पूर्णिमा ।। प्रतिपद्याप्यमावास्या तिथ्योर्युग्मं महाफलम् ।। एतद् व्यस्तं महादोषं हन्ति पुण्यं पुराकृतम् ।।” ‘युग्मं द्वितीया, अग्निस्तृतीया, इदमेकं युग्मम् ।। युगश्चतुर्थीभूतः पञ्चमी, इदं द्वितीयं युग्मम् ।। षट् षष्ठी, मुनिः सप्तमी, इदं तृतीयं युग्मम् ।। वसु अष्टमी, रन्ध्रो नवमी, इदं चतुर्थं युग्मम् ।। रुद्र एकादशी द्वादशी, इदं पञ्चमं युग्मम् ।। चतुर्दशीपूर्णिमे, इदं षष्ठं युग्मम् ।। प्रतिपद् अमावास्या इदं सप्तमं युग्मम् ।।’ (वर्षकृरत्यदीपकः)



Correction: