योगरूढः (पुंलिङ्ग)
अर्थ−
शब्दका तीन भेद (रूढ, यौगिक र योगरूढ) मध्ये एक । यो रूढ शब्द र यौगिक शब्दको योगबाट बन्छ । अर्थात् समुदाय शक्ति र अवयवशक्ति (प्रकृति प्रत्ययादि) बाट अर्थबोध गराउने पङ्कजादि शब्द योगरूढ हुन् । किनभने यहाँ पङ्क शब्द रूढ र जायते इति जः शब्द यौगिक भएकाले दुवै शब्दको योगबाट बनेको पङ्कजले कमललाई बुझाउँदा योगरूढ भयो । (हिलोबाट उत्पन्न भन्ने अर्थ यौगिक हो भने उक्त अर्थलाई ग्रहण गर्दै कमल भन्ने निश्चित अर्थ बढाउनु रूढि हो) यसका तीन भेद छन् - सामान्यार्थे विशेषबोधक, विशेषार्थे सामान्यार्थबोधक र सामान्यविशेषोभयविधार्थबोधक ।
योगरूढः (पुंलिङ्ग)
अर्थ−
शब्दका तीन भेद मध्ये एक । यो रूढ शब्द र यौगिक शब्दको योगबाट बन्छ । अर्थात् समुदाय शक्ति र अवयवशक्ति (प्रकृति प्रत्ययादि) बाट अर्थबोध गराउने पङ्कजादि शब्द योगरूढ हुन् किनभने यहाँ पङ्क शब्द रूढ र जायते इति जः शब्द यौगिक भएकाले दुवै शब्दको योगबाट बनेको पङ्कजले कमललाई बुझाउँदा योगरूढ भयो । यसका तीन भेद छन् - सामान्यार्थे विशेषबोधक, विशेषार्थे सामान्यार्थबोधक र सामान्यविशेषोभयविधार्थबोधक ।