योगिनी (स्त्रीलिङ्ग)
अर्थ−
१. योग साधनमा लागेकी आइमाई,
२. चटक देखाउने आइमाई,
३. आषाढकृष्ण एकादशी तिथि,
४. लडाई मैदानकी पिशाचिनी,
५. दुर्गा,
६. दुर्गास्वरूप वा दुर्गाकी सङ्गिनी देवीहरू, जसको सङ्ख्या चौसट्ठी छ । चौसट्ठी योगिनी,
७. ‘फलित ज्योतिष’अनुसार तिथिकी अधिष्ठात्री देवी,
८. ‘फलित ज्योतिष’अनुसार शुभाशुभ फल दिने आठ देवी- मङ्गला, पिङ्गला, धान्या, भ्रामरी, भद्रिका, उल्का, सिद्धा र सङ्कटा,
९. भाङ वा गाँजा,
१०. मसिनो पाते दूधेझार ।