रक्तचन्दनम् (नपुंसकलिङ्ग)
अर्थ−
१. केसर,
२. काठ घोटेर देवतामा चढाइने वा काठ कुटेर धूप ओखती आदिमा हालिने रातो र सारो काठ हुने एक रूख । फुस्रो बोक्रो, बाहिरी भाग सेतो, भित्री भाग गाढा रातो वा कलेजी रङ्गको काठ, करिब तीन अङ्गुल चौडा, पाँच अङ्गुल लामो बाटुलो टुप्पा हुने तिलको जस्तो पात, लामो डाँठमा झुप्पा लागेर ग्रीष्म ऋतुमा फुल्ने फूल, दुई - तीन अङ्गुल लामो कोसामा फल्ने राती गेडी झैँ रातो फल वा बियाँ । बीस - पच्चीस हात आलो रूख । यो श्रीखण्ड जातिको होइन ।