रजोगुण (पुंलिङ्ग)
अर्थ−
सम्पूर्ण प्राणीमा तृष्णा, विलास, भोग आदिद्वारा मोहमा पार्ने प्रकृतिको गुण, जसद्वारा लोभ सकाम कर्मको इच्छा, आरम्भ, अशान्ति, सांसारिक वस्तुमा तृष्णा आदिको बढ्ती हुन जान्छ ।
“रजो रागात्मकं विद्धि तृष्णासङ्गसमुद्भवम् ।। तन्निबध्नाति कौन्तेय ! कर्मसङ्गेन देहिनम् ।। लोभः प्रवृत्तिरारम्भः कर्मणामशमः स्पृहा ।। रजस्येतानि जायन्ते विवृद्धे भरतर्षभ ।।” (श्रीमद्भगवद्गीता)