संस्कृत-शब्दकोशः

रामहर्ष रामाङ्गी

रामा

रामा (स्त्रीलिङ्ग)


निष्पत्ति− रमु (क्रीडायाम्) - "णः" (३-१-१४०)
प्रयोग− "आबद्धप्रचुरपरार्घ्यकिङ्किणीको रामाणामनवरतोदगाहभाजाम्"
उल्लेख− माघ० ८-४५

अर्थ−
१. राम्रो आइमाई,
२. पत्नी,
३. नदी,
४. लक्ष्मी,
५. सीता,
६. राधा,
७. गीत गाउने कलामा निपुण आइमाई,
८. कार्तिकशुक्ल एकादशी,
९. हिङ,
१०. हिङ्गुल,
११. सेतो कण्टकारी,
१२. घिउकुमारी,
१३. अशोक,
१४. गोरोचन,
१५. सुगन्धवाल,
१६. गेरु,
१७. मुडिलो,
१८. तेजपात,
१९. सिलाम,
२०. एक उपजाति छन्द, जुन छन्दमा इन्द्रवज्रा र उपेन्द्रवज्राको सम्मिश्रण हुन्छ,
२१. आर्या छन्दको एक भेद, जसमा १५ गुरु ३५ लघु मात्रा हुन्छन्,
२२. एक वर्णवृत्त, जसको प्रत्येक चरणमा क्रमैले तगण, यगण र दुई लघु वर्ण हुन्छन् ।



Correction: