रामानन्दी (पुंलिङ्ग)
अर्थ−
‘(रामनन्दिन्)’ १. रामानन्दको अनुयायी भक्त,
२. दशथरी वैष्णव मतमध्ये एक, जसमा ‘रा’ले शक्ति ‘म’ले शिव बुझाउँदा शिव शक्त्यात्मक ‘राम’ मन्त्रद्वारा सभाव पश्वाचारले रामलाई सगुण ब्रह्म मानेर उपासना गर्छन् । कसैले गन्धर्वक्रमले कुलकल्पबाट राम सुन्दरीको उपासना गर्छन् ।
“श्रीरामानन्दिनं शृणु ।
“‘रा’ शक्तिरिति विख्यातो ‘म’ शिवः परिकीर्तितः ।। तदानन्दी शान्तचित्तः प्रसन्नात्मा विचारधृक् ।। सर्वत्र समरूपश्च रामानन्दी प्रकीर्तितः ।।” (पुरश्चर्यार्णव) ।