रुचक (विशेषण)
अर्थ−
१. प्रसन्न पार्ने,
२. रुचाइने / मनपराइने,
३. पाकस्थलीसम्बन्धी,
४. तीतोपिरो ।
रुचकः (पुंलिङ्ग)
अर्थ−
१. वनबिमिरो,
२. ज्यामिर,
३. परेवा,
४. अँणिर,
५. घोडा,
६. वायुबिडङ्ग,
७. दक्षिण दिशा,
८. हरिवर्षको एक पर्वत,
९. वरिपरिको दलानमध्ये पूर्व र पश्चिमको भाग भत्केको घर,
१०. चार कुना परेको खम्बा,
११. प्राचीनकालमा प्रचलित निष्क नामको सिक्का ।
रुचकम् (नपुंसकलिङ्ग)
अर्थ−
१. दाँत,
२. कण्ठा (घाँटीमा लगाइने गहना),
३. गजरा (फूलको),
४. सज्जीखार,
५. बिरेनुन,
६. फूलको माला,
७. चनौटो,
८. वन बिमिरो,
९. रचना (पूजा गर्ने) । सौवर्चल, मातुलुङ्ग, चन्दन घोट्ने शिला र घाँटीमा लगाइने गहना, यी चारको समूह ।
“सौवर्चलं मातुलुङ्गं शिलाचन्दनपेषणी ।। ग्रीवाभरणकं चैव चतुर्षु रुचकं स्मृतम् ।। ”(अमरकोषरामाश्रमीटीकायाम्) ।