रुरुक्षेत्रम् (नपुंसकलिङ्ग)
अर्थ−
कृष्णगण्डकीको किनारमा अवस्थित पवित्र तीर्थ । यो तीर्थ पाल्पा, स्याङ्जा र गुल्मी जिल्लामा फैलिएको छ । यहाँ भगवान् विष्णु हृषीकेशका रूपमा विराजमान हुनुहुन्छ । रुरुकन्याको तपःस्थली गुल्मी जिल्लामा रहेको छ भने भगवान् हृषीकेश विराजमान भएको भूमि पाल्पा जिल्लामा पर्दछ । देवदत्त ऋषिको अन्तिम तपःस्थली एवं सिद्धि प्राप्त भएको भूमि भृगुतुङ्ग स्याङ्जामा पर्दछ । देवदत्त, रुरुकन्या र हृषीकेशसित सम्बद्ध कथा वराहपुराणमा उल्लेख गरिएको छ ।