संस्कृत-शब्दकोशः

रूढिवादिन् रूपक

रूप

रूपम् (नपुंसकलिङ्ग)


निष्पत्ति− "अच्" (५-२-१२७)
व्युत्पत्ति− रूपमस्यास्ति
प्रयोग− "मानुषीषु कथं वा स्यादस्य रूपस्य सम्भवः"
उल्लेख− शाकु० १-२२

अर्थ−
१. आकार/बनोट,
२. स्वभाव,
३. सौन्दर्य/राम्रोपन. ४. शरीर,
५. भेष/पहिरन,
६. दशा/अवस्था,
७. चिह्न/लक्षण,
८. समान/जस्तो/तुल्य,
९. भेद/विकार,
१०. रूपक,
११. शब्द वा वर्णको त्यस्तो स्वरूप, जसमा विभक्ति प्रत्यय आदि विकारहरू लगाउँदा रूपान्तरित हुन्छ । (जस्तै- रामको रामः रामौ, रामाः यस्ता रूप बन्छन्) १२. प्रार्थना विवरण आदिसँग सम्बन्ध राख्ने दर्खास्तपत्र आदिको त्यो निश्चित रूप जसमा बेग्लाबेग्लै कुराहरू भर्नको लागि प्रायः कोठा आदि बनेको हुन्छ,
१३. कुनै वस्तु वा कुराको रङ्ग विवरण आशय वा अर्थ आदिको लक्षण वा ढाँचा,
१४. देख्न सकिने कुनै पनि वस्तु,
१५. रीति/चलन,
१६. किसिम/प्रकार,
१७. मूर्ति/प्रतिमा,
१८. एकको सङ्ख्या,
१९. पूर्ण सङ्ख्या,
२०. कुनै ग्रन्थलाई बराबर पढेर बुझ्ने क्रिया,
२१. गाई भैँसी आदि पशु,
२२. शब्द/ ध्वनि ।


रूप (विशेषण)


अर्थ−
खुब राम्रो ।


हेरौँ- रूप् धातु



Correction: