रूपकम् (नपुंसकलिङ्ग)
अर्थ−
१. आकार/स्वरूप,
२. मूर्ति,
३. लक्षणा/चिह्न,
४. किसिम/जाति,
५. सङ्गीतमा सात मात्राहरूको एक दुई ताल,
६. चाँदी,
७. एक परिमाणविशेष,
८. खाली देखाउन मात्र बनाएको रूप,
९. प्रार्थना विवरण आदिसँग सम्बन्ध राख्ने पत्र आदिको त्यस्तो निश्चित रूप जसमा छुट्टाछुट्टै कुरा भर्नको लागि खाना खाना बनाएको हुन्छ/फारम,
१०. साहित्यमा जहाँ उपमान र उपमेयमा एकताको आरोप गरिन्छ - त्यहाँ रूपक अलङ्कार हुन्छ । अर्थात् उपमेयरूपी भित्तालाई उपमानरूपी तस्वीरले सिङ्गारेर उपमेयमा उपमानको अभेद सम्बन्ध देखाइएको हुन्छ ।
“यत्रोपमानचित्रेण सर्वथाऽप्युपरज्यते ।। उपमेयमयी भित्तिस्तत्र रूपकमिष्यते ।।” (चन्द्रालोक) । विशेष ज्ञानका लागि ‘साहित्यदर्पण, कुवलयानन्द’ आदि ग्रन्थ हेर्नू । ११. दृश्यकाव्यको एक भेद । ‘अग्निपुराण’अनुसार नाट्यशास्त्रमा रूपकका दश भेद छन् - नाटक, प्रकरण, डिम, ईहामृग, समवकार, प्रहसन, व्यायोग, भाण, वीथी र अङ्क । ‘नाटकमथ प्रकरणं भाणव्यायोगसमवकारडिमाः ।। ईहामृगाङ्गवीथ्यः प्रहसनमिति रूपकाणि दश ।।” पण्डित विश्वनाथले साहित्यदर्पणमा नाटिका, गोष्ठी आदि अठार उपरूपक पनि मानेका छन् । रूपकमा मुख, प्रतिमुख, गर्भ, विमर्श र निर्वहण यी पाँच सन्धिहरू क्रमशः हुन्छन् ।