रैवतः (पुंलिङ्ग)
अर्थ−
१. एक साममन्त्र,
२. रैवतक पर्वत,
३. शिव,
४. वर्तमान कल्पका पाँचौं मनु रैवतमनु । ऋतवाक् मुनिका रेवती नक्षत्रको अन्तिम पाउमा एक छोरा जन्मियो, जुन शील नभएको थियो । छोरो जन्मिनासाथ बाबु आमा दीर्घरोग र कुष्ठरोगले ग्रस्त भए । गर्गमुनिसँग रोगको कारण सोध्दा रेवतीको अन्तिम पाउमा छोरो जन्मेकाले रोग लागेको र छोरो लक्षणको नभएको कुरा गर्गमुनिबाट सुनेपछि उनले रेवती नक्षत्रलाई आकाशबाट झरोस् भन्दै सरापे । सरापले गर्दा सबैले देख्ने गरी रेवती तारा कुमुद पर्वतमाथि खस्यो, जसबाट त्यहाँका वन, झर्ना आदि उज्याला भए र कुमुद पर्वत ‘रैवतक’ नामले प्रसिद्ध भयो । रेवती नक्षत्रको त्यो कान्ति पङ्कजिनी नामको तलाउ हुन गयो, जसबाट एक राम्री कन्या जन्मिन् । जसको नाम प्रमुच नामका ऋषिले रेवती भन्ने राखे र पालनपोषण गरे । रेवती तरुणी भएको देखेर बिहे गर्ने कुरा अग्निशालाको अग्निसँग सोध्दा अग्निले भने रेवतीको पति दुर्गम नामको राजा हुनेछ । त्यसै बेला राजा विक्रमशीलका छोरा दुर्गम प्रमुच मुनिको आश्रममा पुगे । मुनिले रेवतीको विवाह दुर्गमसँग गरिदिने कुरा गर्दा रेवतीले भनिन् - ‘बुबा ! पहिले रेवती नक्षत्रलाई आफ्नो तपोबलले आकाशमा चन्द्रमा कहाँ पुर्याउनुहोस् र रेवती नक्षत्रमा मेरो विवाह होस् भनिन् । पछि विवाह सम्पन्न भएपछि ऋषिले दुर्गमलाई के दिउँ भनी सोध्दा दुर्गमले मन्वन्तरको अधिपति हुने छोरा पाउँ भनी मागे । ऋषिले रेवतीबाट जन्मेको तिम्रो छोरो ‘रैवतमनु’ नामले प्रसिद्ध हुनेछ भन्ने आशीर्वाद दिए, यसैले उनी ‘रैवतमनु’ भए,
५. बादल/मेघ,
६.बालग्रह मध्येको एक दैत्य,
७. आनर्त देशका राजा ।