रौच्यमनुः (पुंलिङ्ग)
अर्थ−
तेह्रौं मनुका पिता रुचि नामका प्रजापति विवाह नगरेर घुम्दै थिए । एक दिन उनका पितृहरूले विवाह किन नगरेको भन्दा विवाहबाट दुःख र पाप हुन्छ, मोक्ष हुन्न भने । पितृहरूले विवाह नगरे मोक्ष पाउन्नस् भनेपछि सय वर्षसम्म ब्रह्माको तप गरे । ब्रह्मा प्रकट भएर तपको कारण सोध्दा पितृहरूले भनेको कुरा सुनाए । त्यसपछि ब्रह्माबाट पनि विवाह गर भन्ने सुनेपछि रुचिले नदी किनारमा पितृतर्पण गरेर स्तुति गर्दा पितृहरू प्रकट भएर वर माग भन्दा विवाह गर्ने कुरा सुनाए । पितृहरूले यसै वेला एक पत्नी पाउँछस्, जसबाट एक छोरो जन्मिनेछ । जो रोच्य मनुको नामबाट प्रसिद्ध हुनेछ भनी आशीष दिएछन् । अनि त्यस नदीबीचबाट प्रम्लोचा नामकी अप्सरा निस्केर भनी- वरुणको छोरा पुष्करबाट मैले मालिनी नामकी छोरी पाएकी छु, तपाईंलाई दिन्छु भनेपछि ऋषिहरूलाई बोलाएर रुचिले मालिनीसँग विवाह गरेर रौच्यमनुलाई जन्माए ।