रौद्ररसः (पुंलिङ्ग)
अर्थ−
साहित्यका नौ रसहरूमध्ये एक रस । यसमा क्रोध स्थायिभाव, शत्रु आदि आलम्बन विभाव, मात्सर्य आदि उद्दीपन विभाव, मुष्टिप्रहार आदि अनुभाव हुन्छन् । यसको रातो वर्ण र देवता रुद्र मानिन्छन् । रौद्र र वीरमा शत्रुरूप एकै आलम्बन हुन्छ ता पनि क्रोध र उत्साह स्थायिभावको भेदबाट रौद्ररस र वीररसमा अन्तर आउँछ ।