संस्कृत-शब्दकोशः

लङ्घक लङ्घनक

लङ्घन

लङ्घनम् (नपुंसकलिङ्ग)


निष्पत्ति− लघि (गतौ अभोजने च) - "ल्युट्" (३-३-११५)
प्रयोग− "हंसा नभोलङ्घनलोलपक्षाः"
उल्लेख− रघु० १६-३३

अर्थ−
१. नाघ्ने क्रिया,
२. नाघ्नु,
३. उफ्रिनु,
४. चढ्नु,
५. हमला गर्नु,
६. सीमाबाट बाहिर जानु,
७. हेला गर्नु,
८. अपराध,
९. गति,
१०.त्यो उपाय जसद्वारा कुनै काममा सुबिस्ता हुन्छ,
११. आयुर्वेदअनुसार शरीरलाई हल्का र निरोगी राख्ने क्रिया, जसका दश भेद छन् - नखानु, बान्ता गर्नु, जुलाब गर्नु, रगत निकाल्नु, तातो पानी पिउनु, पसिना निकाल्नु, अथवा वमन - जुलाव, एनिमा गर्नु, पानी नपिउनु, हावामा बस्नु, घाममा बस्नु, खाएको कुरा पचाउनु, खाना नखानु, मिहिनेत गर्नु र शिरोविरेचन ।



Correction: