लत्ता (स्त्रीलिङ्ग)
अर्थ−
ज्योतिषशास्त्रमा प्रसिद्ध एक दोष । यसमा सूर्य, पूर्णचन्द्र, मङ्गल, बुध, गुरु, शुक्र, शनि र राहु ग्रहहरूले आफ्नो आश्रित नक्षत्रदेखि अगाडि र पछाडि १२,
२२,
३,
७,
६,
५,
८ तथा नवौँ दैनिक नक्षत्रलाई लात्तीले दूषित गर्ने हुँदा यस ‘लत्ता - दोष’ भयो । यसमा सूर्यले आफूभन्दा अघिको र पूर्णचन्द्रपछिको, फेरि मङ्गल अघिको र बुध पछिको, गुरुले अघिको, शुक्रले पछिको, शनिले अघिको र राहुले पछिको नक्षत्रलाई दूषित पार्छन् ।