लिङ्गमात्रम् (नपुंसकलिङ्ग)
अर्थ−
योगशास्त्रअनुसार सोह्र विशेष र छ अविशेष गरी बाइस तत्त्वको कारणभूत महत्तत्त्व, जसलाई उपनिषद् र गीतामा बुद्धि भनिएको छ । यसको सत्तामात्र रहने हुँदा लिङ्ग मात्र भनिन्छ । ‘विशेषाविशेषलिङ्गमात्रलिङ्गानि गुणपर्वाणि (पातञ्जलयोगसूत्र २/१९) ।