लेखनम् (नपुंसकलिङ्ग)
अर्थ−
१. लेख्ने क्रिया वा लेख्नु,
२. लेख्ने कला वा विद्या,
३. चित्र लेख्ने काम,
४. हिसाब गर्नु,
५. बान्ता गर्नु,
६. ओखतीद्वारा शरीरमा रहेका सप्त धातुलाई वा वात, पित्त आदि दोषलाई सुकाएर पातलो पार्नु वा त्यस कामको लागि उपयोगी ओखती,
७. भोजपत्र जसमा प्राचीनकालमा लेख लेखिन्थ्यो,
८. खोकी,
९. कोर्ने स्वभावको वस्तु ।
लेखनः (पुंलिङ्ग)
अर्थ−
कलम बनाउने बाँस/नर्कट वा ढड्डी ।