लोधः (पुंलिङ्ग)
अर्थ−
तीन अङ्गुल चाक्लो, पाँच अङ्गुल लामो बाटुलो टुप्पाको पात पहेँलो भावको सेतो फूल, आधा अङ्गुल लामो सारो फल, रातो बोक्रो भएको एक रूख, जसका लोध र पठानी लोध गरी दुई भेद छन् । ‘पठानीलोध’- तीनदेखि आठ हजार फिट अग्लो हिमप्रान्तमा हुने करिब ३० हात अग्लो रूख, एक डेढ अङ्गुल चाक्लो, दुई - तीन अङ्गुल लामो चराको फूलझैँ टुप्पा र भेट्नोतिर सानो बीचमा चाक्लो, किनारा काटिएको पात, आधा वा पौने अङ्गुलको डल्लो फल र फुस्रो रङ्गको बोक्रो ।