वज्रोणिमुद्रा (स्त्रीलिङ्ग)
अर्थ−
दुवै हातको हत्केलाले भुइँमा टेकेर दुवै गोडामाथि उठाई टाउको पनि माथि उठाउँदा हुन जाने हठयोगका मुद्राविशेष । यस मुद्राद्वारा अङ्गमा शक्ति आएर धेरै समय बाँच्न सकिन्छ भन्ने मनिहरूको भनाइ छ ।
“धरामवष्टभ्य करस्तलाभ्यामूर्ध्वे क्षिपेत्पादयुगं शिरः खे । शक्तिप्रबोधाय चिरजीवनाय वज्रोणिमुद्रां मुनयो वदन्ति ।।” (घेरण्डसंहिता) ।