वरुणव्रतम् (नपुंसकलिङ्ग)
अर्थ−
१. रातभर पानीमा खडा भई भोलिपल्ट एक गाई दान गर्ने विधान रहेको व्रत,
२. विष्णुधर्मोत्तरपुराणअनुसार भाद्र महिनाको आरम्भदेखि पूर्णिमासम्म वरुणको पूजा गरी अन्त्यमा एक जलधेनु, एक छाता, दुई वस्त्र तथा एक जोडी खराउ दान दिनुपर्ने विधान रहेको व्रत ।