वर्णः (पुंलिङ्ग)
अर्थ−
१.रङ्ग,
२. रोगन,
३. सौन्दर्य,
४. मनुष्यजातिको कालो, गोरो, कैलो, पहेँलो र रातो पाँच भेद,
५. हिन्दूधर्मअनुसार ब्राह्मण, क्षत्रिय, वैश्य र शूद्र चार भेद,
६. श्रेणी/जाति,
७. स्तुति,
८. महिमा,
९. तारिफ,
१०. सजावट,
११. जामा वा लवेदा,
१२. ढकना,
१३. गीतको क्रम,
१४. हात्तीको झुल,
१५. गुण,
१६, धर्मको अनुष्ठान,
१७. अकारादि अक्षर हे. ‘अक्षर’,
१८. यश/कीर्ति,
१९. मृदङ्गको तालविशेष,
२०. सङ्गीतमा गाउँदा वा बजाउँदा प्रत्यक्ष हुने क्रिया जुन चार किसिमका छन् - ‘स्थायीवर्ण’ - एउटै स्वरमा अलङ्कारको एउटै टुक्रालाई लगातार गाइरहने, बजाइरहने क्रिया जस्तै - पपपप, गगगग, पमग पमग पमग इत्यादि । ‘आरोहवर्ण’ - कुनै निश्चित स्वरबाट एकनासले माथि चढ्दै जाने क्रिया जस्तै - सारेगमपधनिसा । ‘अवरोहवर्ण’ - कुनै निश्चितस्वरबाट धमाधम ओर्लेर आउने क्रिया । जस्तै - सानिधपमगरे, धपमगरे इत्यादि, ‘सञ्चारिवर्ण’- सबैथरी वर्णको मिश्रण हुने वर्ण - जस्तै - सासारेगरे, धपमप, सानिधप इत्यादि ।
वर्णम् (नपुंसकलिङ्ग)
अर्थ−
१. केसर,
२. अङ्गरागविशेष,
३. बुकुवाविशेष ।
हेरौँ- वर्ण् धातु
हेरौँ- वर्ण् धातु