संस्कृत-शब्दकोशः

वर्णमात्रा वर्णयितव्य

वर्णमाला

वर्णमाला (स्त्रीलिङ्ग)


व्युत्पत्ति− वर्णानां माला श्रेणिः

अर्थ−
१. कुनै लिपिको सबै अक्षरहरूको क्रमले लेखिएको सूची,
२. बालकलाई अक्षर सिकाउन बनाइएको पुस्तिका,
३. अक्षरहरूको माला, वर्णमालाद्वारा जप गर्दा- पहिले वर्णमालाको एक अक्षरमा (बिन्दु) अनुस्वार लगाएर (उच्चारण) स्मरण गर्नु । जस्तै- ‘अं’ अनि मन्त्र, फेरि ‘आं’ अनि मन्त्र, फेरि ह्रस्व ‘इं’ अनि मन्त्र, अनि दीर्घ ‘ईं’ अनि मन्त्र, यसप्रकार अकारादि १६ अक्षर, यसरी नै ‘कं’ देखि ‘हं’सम्म गर्दा - १६ + ३३ = ४९ + १ लं अक्षर जोड्दा + ५० अक्षर भए, यसपछि फेरि ‘लं’ -अनि मन्त्र, फेरि ‘हं’ अनि मन्त्र फेरि ‘सं’ अनि मन्त्र, यसप्रकार ‘अं’ सम्म गर्दा १०० भए त्यसपछि ‘अं’ मन्त्र, ‘कं’ मन्त्र यसै गरी चं, टं, तं, पं, यं, शं यी आठ अक्षरहरू जोड्दा ५० + ५० + ८ = १०८ हुन गए यसैलाई वर्णमाला भनिन्छ । यसमा ‘क्ष’ लाई मेरु मानिएको छ र ‘क्ष’ को उच्चारण गर्नु हुदैन (तर त्र तथा ज्ञ लाई स्वतन्त्र अक्षर नमानिने हुँदा संयुक्ताक्षर मानेर यी दुई अक्षरको गणना हुदैन । तन्त्रशास्त्रमा ल तथा क्षलाई उपवर्ण मानिएकाले ल को दुई पटक उच्चारण गरेर ५० अक्षर पुऱ्याइयो, त्यस्तै क्ष लाई मेरु मानिदा मेरुलाई नघाउन नहुनाले अन्तिम अक्षर ‘ल’ बाट फेरि घुमाइएको हो ।

“माला पञ्चाशिका प्रोक्ता सूत्रं शक्तिशिवात्मकम् ॥
कुण्डली ग्रथिता शक्तिः कुलान्ते मेरुसंस्थिता ।। चित्रिणी विषतत्त्वाभा ब्रह्मनाडी गतान्तरा ॥
तया संग्रथिता मध्ये साक्षाज्जाग्रत्स्वरूपिणी ।। अन्तर्विद्रुमभासमानभुजगीं सुप्तोत्थवर्णोज्ज्वलाम्, आरोहप्रतिरोहतः शतमयीं वर्गाष्टकाष्टोत्तराम् ॥
अनुलोमविलोमेन मन्त्रवर्णविभेदतः ॥
मन्त्रेणान्तरितान् वर्णान् वर्णेनान्तरितान्मनून् ।। कुर्याद्वर्णमयीं मालां सर्वमन्त्रप्रकाशिनीम् ॥
चरमार्णं मेरुरूपं लङ्घनं नैव कारयेत् ।। सबिन्दु वर्णमुच्चार्य पश्चान्मन्त्रं जपेत्सुधीः ॥
अष्टोत्तरशतं मन्त्रं ज्ञानेन सञ्जपेत्सुधीः ।। अकचटतपयशा इत्येवं चाष्टवर्गकः ॥
वर्गाणामष्टवर्णैश्च अष्टवारं जपेत्सुधीः ।।” (शाक्तानन्दतरङ्गिणी) । उपर्युक्त वर्णमाला शिवशक्त्यात्मक कुण्डलीको सूत्रमा उनिएको छ । ब्रह्मनाडीको बिचमा रहेको मृणालतन्तुझैँ सूक्ष्म र शुभ्रवर्णको छ । चित्रिणी आदि नाडीलाई गाँठो मानिन्छ । मुगाझैँ चम्किलो कुण्डलिनीशक्तिमा आरोहण-अवरोहण गर्दा ५० वर्ण+५० वर्ण= १०० सङ्ख्या र अ+क+च+ट+त+प+ य+श = ८ जोड्दा १०८ को माला हुन जान्छ । तर ‘क्ष’ लाई मेरु मानिने हुँदा क्ष लाई नगाई जप गरिन्छ ।


वर्णमाला (स्त्रीलिङ्ग)


व्युत्पत्ति− वर्णानां माला श्रेणिः

अर्थ−
स्वर तथा व्यञ्जन वर्णहरूको समूह ।



Correction: