वर्धमान (विशेषण)
अर्थ−
१. बढ्दो, बढ्न लाग्दो,
२. बढाउने ।
वर्धमानः (पुंलिङ्ग)
अर्थ−
१. बङ्गालको एक जिल्ला,
२. विष्णु,
३. जैनीहरूका चौबिसौँ जिनमहावीर,
४. एक वार्णिक वृत्त जसको चारै चरणमा वर्णहरूको सङ्ख्या भिन्न भिन्न हुन्छ, (१४-१३-१८ र १५) यसको चारै चरणमा क्रमैले गणव्यवस्था यस प्रकार हुन्छ - पहिलो चरण, मगण, सगण, जगण, भगण तथा दुई गुरु, दोस्रो चरण - सगण, नगण, जगण, रगण तथा एक गुरु, तेस्रो चरण - नगण, नगण, सगण, नगण, नगण तथा सगण, चौथो चरण - नगण, नगण, नगण, जगण तथा यगण,
५. अँडिरको बोट,
६. पहेंली ।