संस्कृत-शब्दकोशः

वव्र वंशऋषि

वश

वश (विशेषण)


अर्थ−
१. वशमा परेको,
२. नीचा देखाइएको,
३. जादू गरेर वशमा पारिएको,
४. आज्ञाकारी,
५. विनीत ।


वशः (पुंलिङ्ग)


अर्थ−
१. रन्डीखाना,
२. जन्म ।


हेरौँ- वश् धातु


वंशः (पुंलिङ्ग)


निष्पत्ति− वश (कान्तौ) "घञ्" (३-३-१९)। नुम् (७-१-८०)।
प्रयोग− "क्व सूर्यप्रभवो वंशः क्व चाल्पविषया मतिः"
उल्लेख− रघु० १-२

अर्थ−
१. बाँस,
२. पीठको हाड,
३. नाकको हाड,
४. बाँसको बाँसुरी,
५. बाँस,
६. परिवार/ कुल/ खान्दान,
७. बाह्र हातको एक नाप,
८. उखुविशेष,
९. खड्गको बीचको चाक्लो भाग,
१०. हात आदिको लामो हाड / नली हाड,
११. लडाइँको सामान,
१२. विष्णु,
१३. फूल,
१४. वंशलोचन,
१५. सालको रूख,
१६. घरान/ सत्तरी,
१७. बाँसको गाँठो,
१८. समूह ।



Correction: